बिर्तामोड / विद्यालयको शौचालयको सेप्टिक ट्याङ्कमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ । ८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको हो ।
झापा मेचीनगर नगरपालिका धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने उनी हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोका अगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्याङ्कीको मुख प्लाईवोडले ढाकिए थियो । पानीले भिजेर पचिएको उक्त प्लाई बालकको वजन थाम्न नसकेर भाचिए पछि दुर्घटना भएको हो ।