काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।