काठमाडौँ / देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका–१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गङ्गा नगरपालिका–७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दीपक वलीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेकै राप्तिसोनारी गाउँपालिका–५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका–५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगञ्जबाट बैजापुरतर्फ जाँदै गरेको भे७प ७७४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको हो ।

यता, धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका–७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका ६ बस्ने २० वर्षीय अन्जान मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका - १ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।