बिर्तामोड / १७ वर्षीया किशोरी र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिकाबाट दुई जनालाई प्रहरीलले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका- ३ सात नम्बर चोक निवासी ३१ वर्षीय धन कुमार लिम्बू र बुद्धशान्ति- १ संग्रौला चोक बस्ने ३० वर्षीय चन्द्र बा . रोक्का रहेका छन् ।

लिम्बुले ती बालिकालाई निजकै घर पछाडि बासघारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी  टोलीले उनीहरूलाई  पक्राउ गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।