बिर्तामोड / झापाको दमक नगरपालिका- १ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ९ बजे लागूऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसँगै २० वर्षीय शैलेश कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदन बहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।