झापा / गोलीले लागेर  भोजपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधान रहेका छन् । गत असार २२ गते मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

घटना  असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ साथै थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ  ।