बिर्तामोड / झापाबाट बालयौन दुरुपयोग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ  छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका -२ का माइला भनिने ४१ वर्षीय होमबहादुर पाठक रहेका छन् । झापा जिल्ला अदालतको २०७९।०३।०७ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा फरार रहेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो ।

 शनिबार पक्राउ परेका पाठकलाई आज फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

OM Sai Pathibhara Hospital