बिर्तामोड / झापाको कनकाई नगरपालिका-३ माईपुल छेउ स्थितबाट प्रहरीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले २,५६,४४० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।
शुक्रबार बेलुका संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाने बिभिन्न सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा कटन ब्लाउज १७६ पिस, राधे राधे गम्छा, १७६ र साडी ४५ थान बेवारिसे अवस्थामा फेला पारेको थियो । बरामद भएका उक्त कपडा आवश्यक कारवाहीको लागी आज मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएकोछ ।