एजेन्सी / भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु राम रहेको जनाइएको भारतीय सेनाले पुष्टि गरेको छ ।

बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए ।

OM Sai Pathibhara Hospital

जम्मु-कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ ।