काठमाडौं / मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ स्थित निवासमा मृत भेटिएका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको हो ।

रोविनका दुई छोरीहरू फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

रोविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।