काठमाडौँ / स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँ नगदसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रान्त सीतामढी थाना सुरखण्ड ग्राम सिखण्डी ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेका छन् ।
उनलाई महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भिट्टामोड सडकबाट बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बीआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































