बिर्तामोड / मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको रंगेली नगरपालिका- ७ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ । भन्ने विषेश सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रंगेली- ६ का २४ वर्षीय शेफ खान र २८ वर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो ।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिका- ३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय किशोर चौधरीलाई १० ग्राम ब्राउन सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।