काठमाडौ । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्। 

कलाकार सानु ताम्राकारका छोरा सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।