झापा / धनकुटाको चौबिसे नगरपालिका- ५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउँदा बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।