काठमाडौँ / उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा कास्कीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष राम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । 

वडाध्यक्ष गुरुङ बुधबार आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार आफूलाई कुटपिट गरेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि  कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले बताए ।