काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । १३ वटा सडक एकतर्फी सन्चालनमा रहेको विभागले जनाएको छ ।

विभागले अध्यावधिक गरेको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध छन् ।

OM Sai Pathibhara Hospital

मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध रहेको विभागले तयार पारेको सूचीमा उल्लेख छ ।

विभागले तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड, यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी सन्चालनमा रहेको जनाएको छ ।

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।