काठमाडौँ / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘पीडित पुनः भेटघाट कार्यक्रम –२०८०’ कार्य योजना अनुसार पीडितहरूको घरदैलोमा पुगी भेटघाट गरी सूचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ ।  पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको  कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरूबाट सञ्चालन गर्ने कार्यबिधी अनुसार सोमवार (आज) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहबी नगरपालिका- २ स्थित पीडितको घरमा गई पीडितसँग छलफल तथा अन्तरक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । त्यस्तै आजैबाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम सञ्चालन गरिने छ ।

 समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरूलाई न्यायको अनुभुति दिलाउने उद्देश्यले उक्त  भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो । पीडित पुन भेटघाट कार्यक्रममा बिभिन्न आपराधिक व्यक्तिहरूबाट पीडित हुन पुगेका उनिहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पीडक पक्षबाट हुने सम्भावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइएको थियो ।

OM Sai Pathibhara Hospital

साथै सिमका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताए ।  अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई होष्टटाइल  हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्ण रूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग  गर्ने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “पीडित पुनः भेटघाट कार्यक्रम सञ्चालन गरेका जनाएको छ ।