काठमाडौँ / मुग्लिन नारायणगढ सडकखण्ड पुन:सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो ।

सुरक्षाकर्मी सहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।