काठमाडौँ / झापाको बाह्रदशी गाउँपालिका- ६ महारानी झोडाबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् ।
विशेष सूचनाको आधारमा शनिबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसँगै निजलाई पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।