काठमाडौँ / रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका- ५ का शिव भारती छन् । उनलाई  शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।

शुक्रबार दिउँसो घर आसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन् । ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् । त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो  । आरोपीमाथि अनुसन्धान भइरहेको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिने बिकले बताए