काठमाडौँ / आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा आर्थिक विद्येयक २०८० माथि छलफल हुनेछ भने सो विद्येयक माथ प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।