काठमाडौँ / प्रहरी हिरासतबाट फरार भएका दुई कैदी पक्राउ फेरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ढोडरी बर्दियाको हिरासतबाट फरार भएका  बर्दियाको मधुवन नगरपालिका–५ का २० वर्षका राजा नेपाली र १९ वर्षका अजय नेपालीलाई प्रहरीले शनिवार फेरि पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगको मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरू शुक्रवार बिहान हिरासतबाट भागेका थिए । मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । उनीहरूलाई प्रहरी उपरीक्षक सुधीरराज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले जङ्गलबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।