काठमाडौं / भक्तपुरको सूर्यविनायक नगरपालिका- ९ पलासेमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय रामकुमार सार्की रहेको प्रहरीले जनाएको छ ।
गत असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका भएका सार्कीको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।