काठमाडौँ / करेन्ट लागेर बिर्तामोडमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । सडक निर्माणको क्रममा उनलाई आज बिहान ७:३० बजे करेन्ट लागेको हो ।
घैलाडुब्बा–बिर्ताबजार सडकखण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।