दिपेन बिश्वकर्मा / बुद्धशान्ति / बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई आज रेनकोट वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो । बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो ।
चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्चालन गरेकी थिइन् ।बर्खायाममा भिज्दै काम गर्नु पर्ने र बिरामी हुने समस्या आइरहने हुन्थ्यो तर अब यो समस्या काम हुन्छ भन्दै रेनकोट वितरण गर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ र वडाध्यक्ष शेरबहादुर रायलाई मजदुरहरुले धन्यबाद दिएका छन् । रेनकोट पाएपछि मजदुरहरू हर्सित भएका छन् । केही समय अघि गाउपालिका अध्यक्ष मनोज प्रसाईँले सोही स्थानका मजदुरलाई गमबुट बितरण गरेका थिए ।