काठमाडौँ / २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् ।
सरकारको उक्त निर्णय हटाउनुपर्ने भन्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले आज बिहानैदेखि काठमाडौंमा विभिन्न सडकमा प्रदर्शन गरेका हुन् ।
यातायात व्यवसायीहरूले सवारी साधन सडकमा राखेर प्रदर्शन गर्दा उपत्यकाको यातायात प्रभावित भएको छ ।