काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् । उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
राष्ट्रपतिको मुटुको शल्यक्रिया गरी पेसमेकर राखिएको छ । सबै स्वास्थ्य सूचक सकारात्मक भएपछि डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।