काठमाडौं / काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महानगर अन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो ।
केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ ।