काठमाडौँ / जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको बिभिन्न किसिमका सामानहरू बरामद गरेको छ ।
मंगलबार प्रहरीले सिलकन थान कपडा ९०४२ मिटर, लेडिज सुट १५२ थान, टप्स १९ थान, साडि ७ थान, बलाउजको कपडा ६० मिटर, ध्वजा कपडा १२६ मिटर, हुक्कामा प्रयोग गर्ने फ्लेवर १० कार्टुन डेरी मिल्क ४ प्याकेट, जुत्ता ६८ जोर, कोकोनटबार चकलेट १९ कार्टुन, चिनी ६ बोरा, छाता १४७ पिस, जुत्ता ६८ पिस बरामद गरेको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नं १० भुजौली स्थितबाट भारत जिल्ला महाराजगञ्ज बस्ने वर्ष ३४ का भगवान दास मौर्य, सिद्धार्थनगर नगरपालिका १ का बर्ष २४ को ईन्तियाज अहमद मुसलमान र मायादेवी गाउँपालिका वडा नं ६ बस्ने वर्ष १९ का अजय कुमार चमार मायादेवी गाउपालिका वडा नं ६ बस्ने वर्ष १८ का विकास नाउँ र वर्ष १९ का महेश बनिया र बरामद भएको सामानलाई प्रहरीले आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।