काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीव्रता दिएको छ । सीआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई समेत पक्राउ गरेको हो ।

पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्। जसअनुसार मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हन ।

OM Sai Pathibhara Hospital

आज मात्रै ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले ललिता निवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको जनाएको छ ।