बिर्तामोड / जंगली हात्तीको आक्रमणबाट परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् ।
आज बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान नजिकै जंगली च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गरेको र उनको घटना स्थलममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।