काठमाडौँ । कीर्ते कागज बनाएर ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् ।

उनका साथै रिजवान अहमदमाथि समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ । यसका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

OM Sai Pathibhara Hospital

इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारण गर्न आइतबारको पेसी राखिएको थियो । अदालतले अहमदलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।