बिर्तामोड / झापाको कमल गाउँपालिका- ३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । हिजो बिहान मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो
। ठक्कर दिने बस र चालक कमल गाउँपालिका(२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।