झापा / ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–८ विलन्दुका बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविता र छोरा दिनेशको पनि शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए । गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए ।
राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन । वडाध्यक्षको अनुसार घनाबस्ती रहेको गाउँको सिरानबाट पहिरो चलेको छ । पहिराले अरू घरमा पनि क्षति पुर्याएकाले उद्धार र राहतको खाँचो रहेको उनले बताए ।