बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र व्यवहार र लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बुढीगंगा गाउँपालिका- ३ का ३४ वर्षीय विशाल सुवेदी र धरान उ-महानगरपालिका- १५  का २८ वर्षीय सजय तामाङ रहेका छन् । सुबेदीलाई अभद्र व्यवहार मुद्दामा  मोरङ जिल्ला अदालतको मिति २०७९ / १० / १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना सुनाएको थियो । फरार रहेका सुबेदीलाई पक्राउ गरी कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ । 

यसै गरी लागुऔषध मुद्दामा फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा उपस्थिति गराई तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी पठाइएको छ ।

OM Sai Pathibhara Hospital