झापा  / सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ । मन्त्रिपरिषद्‌को मङ्गलबारको बैठकले बुधबार प्रदेशभरि शोक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परि निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो । 

डडेलधुराबाट गृह जिल्ला बझाङ जाँदै गरेको मन्त्री सिंह सहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो । 

OM Sai Pathibhara Hospital

दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो । मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुर्याइएकोमा उपचारका क्रममा निधन भएको थियो ।