झापा / सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनीहरूको उद्धार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका- १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।