बिर्तामोड / कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।