झापा / लोकप्रिय भिडियो गेम पब्जी बन्द गराउन लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।