झापा / ताप्लेजुङमा पहिरोमा पुरिएर सोमबार बिहान बाबु–छोराको मृत्यु भएको छ । सिदिङ्वा -६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेशकुमारको मृत्यु भएको हो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

पहिरोमा परेर  थप एकजना गम्भीर घाइते भएका छन् । सोही पहिरोमा परेका राजकुमार राई भने सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले बताए । गत शनिबार रातीबाट आएको बाढीपहिरोले धेरै धनजनको क्षति गरेको छ ।