झापा / ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गरिने भएको छ । त्यहाँ १० दिनभित्र बेलिब्रिज जोडिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए । अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरूलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।