काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।
संसदीय सुनुवाइ समितिले शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।
कार्की यसअघि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका थिए ।