झापा  ।  गोरु तस्करसँग मिलेको आरोपमा झापामा सशस्त्र प्रहरी बलका इन्स्पेक्टरको टोलीले सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको छ।

मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट सादा पोशाकमा खटिएका इन्स्पेक्टर नभप्रभाव राईसहित तीन जनाको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि कुटपिट गरेका छन। सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी कुटिएका छन्।Screenshot_2023_0615_050834

OM Sai Pathibhara Hospital

कोशी प्रदेश बाहिनीबाट सादा पोशाकमा खटिएका इन्स्पेक्टर नभप्रभाव राईसहित तीन जनाको टोली गोरु तस्करी हुँदै गरेको देखेर डिउटिमा रहेका ससस्त्र प्रहरिलाइ रोक्न भनेका थिए। तर डिउटिमा रहेका सशस्त्र प्रहरिले नरोकेपछि बिबाद उत्पन्न भएको थियो। तस्करी रोक्नुको सट्टा डिउटिमा  भएका सशस्त्र प्रहरिले स्थानियलाई बोलाउन थालेपछि कुटपिट भएको थियो।Screenshot_2023_0615_051207

कोशी प्रदेश बाहिनीमा डिआइजी अन्जनी कुमार पोखरेल आएपछी तस्करिको सातो उडेको छ। तस्करले हाल धन्दा चलाउन डिउटिका प्रहरीलाई प्रयोग गरि वारिपारी धन्दाहुने गरेको छ। डिउटिकामा रहेका प्रहरिले इसारा गरेपछी तस्करी हुँदै आएको छ।

उनीहरुमाथि मिलेमतोमा गोरु तस्करी गरेको आरोप छ। नकलवन्दाको माता चोकमा ड्युटीमा रहेका पासाङलाई गोरु किन छाडेको ? भन्दै सादा पोसाकका प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए।   Screenshot_2023_0615_043343 1

सशस्त्र प्रहरीलाई कुटपिट गरेको थाहा पाएपछि कुटपिटमा संलग्न राई, प्रहरी जवान राम सुन्दर तामाङ र जीवन बास्तोलालाई स्थानीयले हातपात गरेका थिए। करिव २ सयको संख्यामा भेला भएका स्थानीयले हातपात गर्न थालेपछि स्थिति थप तनावग्रस्त बनेको थिए। स्थानीयले सशस्त्रको गाडी समेत तोडफोड गरेका छन्।

मध्यराति सशस्त्र प्रहरी नम्बर २ हेडक्वार्टरका एसपी देवराज अर्यालसहितको टोली पुगेर आफ्नै कर्मचारी कुट्ने सादा पोसाकका प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि घटना तत्कालका लागि साम्य भएको थियो ।

घटना बाहिरिएपछि सशस्त्र प्रहरीले छानबिन गर्न समिति बनाएको छ। बाहिनीका एसपी बिक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति बनेको हो।Screenshot_2023_0615_043343 1