काठमाडौँ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले पुँजीगत लाभ कर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेकोमा मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारलाई सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो मुद्दा नेपाल सरकारले जितेकाले नेपाल सरकारको अर्बौँ रुपैयाँ जोगिएको भन्दै सहयोगी सबै पक्षलाई धन्यवाद दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुद्दा जितेका कारण ६० अर्ब भन्दा बढी हानी हुनबाट जोगिएको बताएका छन ।

करिब ४ वर्षदेखि अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकायमा नेपाल सरकारविरुद्ध एनसेलले दाबी गरेको मूलभूत मुद्दा खारेज भई नेपाल सरकारले मुद्दा जितेको हो ।

कानूनमन्त्री गुरुङले बैठकमा आगामी बजेटका सन्दर्भमा सत्तारुढ दलहरुबीच असन्तुष्टि रहेको विषयमा पनि छलफल भएको जानकारी दिनुहुँदै अर्को बैठकमा त्यस विषयमा विस्तृत छलफल गरी समस्याको समाधान गरिने बताए।