काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ । मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।

उहालाई बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ। उहालाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

OM Sai Pathibhara Hospital

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिनुभयाे । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले यस विषमा आफू नबोल्ने भन्दै राष्ट्रपतिको सचिवालयमा बुझ्न आग्रह गर्नुभयाे ।