बिराटनगर । झापा, मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका-१ भगवान चोकबाट बिर्तामोड-४ का ३३ बर्षीय बब्लु शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारे सगै नियन्त्रणमा लिएको हो ।
यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी-१५ का २० बर्षीय सुरज चौधरीको साथबाट NITROMEC २४० ट्याबलेट।
उदयपुरको बेलका नगरपालिका-५ बाट चौडण्डीगढी-३ का २१ बर्षीय पवन परियारको साथबाट स्पास्मो ११७, ट्रामोल १३० ट्याबलेट र त्रियुगा गाउँपालिका-६ बाट त्रियुगा-३ का २४ बर्षीय भगवानदेब चौधरीको साथबाट फेनारगन १९, डाईजेपाम २०, बुप्रिनोफिक २० एम्पुल औषधी सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।