काठमाण्डौ । नाला सफाइ गर्ने क्रममा वीरगन्जमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

फेला परेकोमध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको छ। उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।

नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।