झापा ।   जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहिबार  करिब ४: ३० बजे  मेचिनगर नगरपालिका वडा नं. ६ दुर्गा मन्दिर स्थितबाट नेपाल देखी भारत तर्फ अवेध रुपमा लैजादैं गरेको विन चिटर १७० पिस र ट्राउजर ४० पिस अं.मु.रु.२,४४,०००।– बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको छ।

मिति २०८०।०२।२४ गते अं.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजार स्थित रहेको भद्रपुर केचना आवत जावत गर्ने सार्वजनिक पक्कि सडक खण्डको पश्चिम तर्फ रहेको कल्भटको छेउमा पार्किङ गरी राखेको अवस्थामा फेला फरेको हो।

मे १ च ७९४६ नं. को महिन्द्रा कम्पनीको बोलेरो गाडी बेवारिसे अवस्थामा फेला पारी गाडीको धनिलाई खोजतलास गर्दा फेला नपरेकोले र उक्त गाडी सम्बन्धि यातायात व्यवस्था कार्यालयसँग बुझ्दा गाडी नम्बर मेल नखाएकोले नियन्त्रणमा लिएको छ।

 प्रहरिले अं.मु.रु.१२,००,०००।– बराबरमा उक्त गाडीलाई समेत आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको झापा प्रहरिले बताएको छ।