चितवन । एनआईसी एशिया बैँक हाकिमचोकबाट व्यक्तिको खाताबाट एक लाख रुपैयाँ हराएको छ ।जेठ २३ गते भरतपुर–१० की अनिता गौतम दवाडीको खाताबाट सो रकम हराएको हो ।
अनिताका श्रीमान् गंगाधर दवाडीले बिगत पाँच वर्षदेखि सञ्चालन गरिरहेको खाताबाट एकाएक एक लाख रुपैयाँ गायब भएपछि आश्चर्यमा परिएको बताए ।
उनले भने सबै कारोबार चेकबाट मात्र गरेका थियौं । कुनै अनलाइन बैकिङको सेवा पनि लिएका थिएनौं । अचानक पैसा गायब भयो।पैसा हराएको भन्दै उनीहरुले चितवन प्रहरीमा उजुरी पनि दिएका छन् ।
चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले पैसा हराएको बारेमा प्रहरीमा उजुरी परेको जानकारी दिदै भने हामीले छानबिन गरिरहेका छौं ।
प्रारम्भिक अध्ययनमा खल्ती एपबाट पैसा टान्सफर भएको देखिन्छ । पैसा कता कसले गायब गर्यो भन्ने अनुसन्धान भइरहेको छ ।






































