काठमाण्डौ । रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन।
चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो।
बसपार्कमा रहेको ग ३ च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको छ।
घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।






































